Monday, March 15, 2021

A lovely review of my Nepali collection by Raju Syami in the current issue of leading Nepali literary monthly, Madhuparka..

 

 

पानाहरू खाली छैनन् कविताका

 

 


 • राजु सायमी



          
विक्रमाव्द छयालीस सालको जनान्दोलन उत्कर्षमा रहेको समय सुरम्य उपत्यका पोखरामा एक अनपेक्षित दुर्घटना भयो, जसमा एउटी आन्दोलनकारी युवा विद्यार्थी सामूहिक बलात्कारको सिकार भइन् त्यसैको प्रतिक्रियास्वरुप एक कविले कविता लेखेर त्यतिबेलाको बहुचर्चित साप्ताहिक पत्रिकामा छपाए उक्त कवितासँगसँगै कवि पनि चर्चाको शिखर चुम्न सफल भए त्यस कविताले अधिकांश मानिसहरूलाई उद्वेलित , आन्दोलित आक्रोशित बनाए कवि थिए युयुत्सु आर डी शर्मा कविता थियो लक्ष्मी लेकाली त्यही समयावधिदेखि सबैको ध्यानाकर्षणमा रहेका कवि युयुत्सुको हालसालै ' पानाहरू खाली छन् ' शीर्षकीय कविता सञ्चयन प्रकाशनमा आएको सञ्चयनमा जम्माजम्मी एकाउन्न कविता रचनाहरू एकत्रित गरिएका छन्
          
विक्रमाव्द पचास सालको मध्यावधिताका कवि युयुत्सुसँग सम्पर्कित परिचित भएँ उनका मूलतः अङ्ग्रेजी भाषामा लिखित कविताहरूको अध्ययनबाट प्रभावित लाभान्वित पनि भएँ उनले अङ्ग्रेजी भाषामा प्रकाशित आफ्ना  कविताहरूलाई फुटकर रुपमा नेपाली भाषामा पुन:सिर्जना एवं अनुवाद गरे यस सञ्चयनको पाण्डुलिपि पढ्ने अवसर प्राप्त भएको थियो मलाई विशेषतः अङ्ग्रेजी भाषाका बलशाली कवि युयुत्सु नेपाली भाषाका पनि दक्ष कवि एवं अनुवादक  हुन् भन्दा अत्युक्ति नहोला
          
पहाडको अर्थ, खच्चरहरू, फुर्बाको यार्लिङ  ह्विटम्यानकी छोरी जस्ता चार शीर्षकमा विभक्त प्रस्तुत सङ्ग्रहको दह्रो अवस्थितिलाई अब भने उपेक्षा गर्न नसकिएला सङ्ग्रहित कविताहरूमध्ये भीमफेदी, बुध्द, मेरो जीवनको अन्तिम कविता, गोपालप्रसाद रिमाल, लक्ष्मी लेकाली, कथ्य कायाकल्प, लुम्बिनी, काजीदाइ, पहाडको अर्थखच्चरहरू, माने, पिता,पानाहरू खाली छन्, लन्डन बमवारी, ह्विटम्यानकी छोरी, न्युटाउन रक्तपातपछि एउटा प्रार्थनाजस्ता सशक्त कविताहरूको हस्तक्षेपलाई अवश्यमेव आत्मसात गर्नुपर्ला
         
व्यक्ति रामदास शर्माको जन्म भारतमा भएतापनि कवि युयुत्सु आर डी शर्माको जन्म भने भीमफेदी, मकवानपुरमा भएको हो उनका समुच्च प्रारम्भिक कविताहरूको जन्मभूमि भीमफेदी हो उनले पुस्तकका अघिल्ला पृष्ठहरूमा " हिमाली कवि हुनुको गौरव ' अन्तर्गत आफ्ना लेखकीय कथन भीमफेदी-नोष्टाल्जियाका रुपमा प्रस्तुत गरेका छन् यहीं कवि युयुत्सुका प्रारम्भिक कविताकृतिहरू ' प्रेयर इन डेलाइट ' ' हङ्गर अफ आवर हडल्ड हट्स ' तयार भएका थिए
         
           
नाइट सिफ्टको
           
फोहरी बोझ

           
उदाङ्गो सट्टापट्टा
           
नीलो बिहानी

           
हरिया लेकहरूका
           
अँध्यारा सुरुङहरूमा

            
रगत चुहाइरहेका
            
आँखाहरूका लागि,

            
उदाङ्गो सट्टापट्टा
            
हरिया सागका मुठाहरू

            
ठेकीहरूका
            
ताजा दूध दहीको

            
जाँड ओकलेका
            
गन्हाउने ओछ्यानहरूका लागि

            
उँघिरहेको पहाडी गाउँमा
            
जीवनभरिको रुग्ण मात

             
मात, त्यो मात
             
जसको अर्को नाम हो मृत्यु
              (
भीमफेदी )
            
मेरो वाल्यकालका स्वर्णिम दिनहरू व्यतीत भएको स्थान पनि हो भीमफेदी, जहाँ हाम्रो पुर्ख्यौली घर थियो त्यसर्थ, मलाई भन्न मनलागेको -भीमफेदी फगत मदिरा होइन, भीमफेदी केवल मात होइन, भीमफेदी एउटा जीवन्त संस्कृति पनि हो भीमफेदी मात्र बस्ती-बजार होइन, भीमफेदी एउटा उन्नत सभ्यता पनि हो

             
तिमीले नदिएका चुम्बनहरू
             
उत्कृष्ट थिए

            
फेवातालमाथिका
            
ती कविताहरू जुन मैले कहिल्यै लेखिनँ
             (
उत्कृष्ट कविता )
           
            
साँच्चिकै उत्कृष्ट कविता यस्तै पो हुन्छ कि !
            
लघु एवं दीर्घ दुबै आकारका कविता लेखनमा खप्पिस मानिएका यी कविका अङ्ग्रेजी भाषामा लिखित-प्रकाशित कविता-कृतिहरू
थुप्रै छन् आगामी दिनमा उनीबाट नेपाली भाषामा अन्य कृतिहरूको अपेक्षा गर्नु अनुचित नठहरिएला !
             
व्यक्ति स्थान विशेषमा केन्द्रीत रहेर लेखिएका उनका कविताहरूमध्ये गोपालप्रसाद रिमाल, काजीदाइ, लुम्बिनी, एउटा अधुरो कविता - फेवाताल, स्पस केक : आम्सटर्डम, न्युटाउन रक्तपातपछि-एउटा प्रार्थना उल्लेखनीय छन् भन्नुपर्छ



 कवि-प्राध्यापकको अवतारमा विश्व भ्रमण  गरेका, विभिन्न अन्तर्राष्ट्रिय कविता मञ्चहरूमा आफ्नो ज्वाजल्यमान उपस्थिति जनाएकाकविताका विषयमा व्याख्यान दिएका, कथ्य कायाकल्प नामक साहित्यिक आन्दोलनका प्रवर्त्तकमध्ये एक रहेका तथा अङ्ग्रेजी भाषामा प्रकाशन हुने पत्रिका प्रतीकका सम्पादक  यी यायावर कविको कर्मभूमि काठमाडौं हो यसर्थ, उनको कलमबाट काठमाडौंउपर पनि केही रचनाहरू सिर्जित हुने कुरामा आशान्वित हुनुपर्ला
             
कवि युयुत्सु आर डी शर्माका सम्बन्धमा विश्वविख्यात कवि रोन्नी सोमेकले एक ठाउँमा भनेका छन् - युयुत्सु सगरमाथाका छेउमा बस्छन् उनको कविता हिमाल आरोहण गर्छ, नदीमा पौडन्छ झरिरहेको पातमा ताम्र रङ पोत्छ यो प्रकृतिसँगको नृत्योत्सव उनले एकै छिन झ्याल बन्द गर्दा पनि रोकिन्न
              
पुराना जर्जर चिन्तनको परित्याग, अदृश्य विम्ब प्रतीकहरूको मूर्त प्रयोग, प्रकृतिको सूक्ष्म अवलोकन, तिरस्कृत पक्षहरूको उजागर समर्थन, स्थान विशेषमा केन्द्रीकृत सुन्दर कविता लेखनलेखनमा चित्रकारिता, नौला एवं अनौठा विम्बहरूको बहुल प्रक्षेपण आदि कवि युयुत्सुका लेखन विशेषताहरू हुन् उनका यी कविताहरू अनिवार्य अध्ययन सामग्रीहरू बन्न पुगेका छन् भन्दा अतिशयोक्ति नहोला